काठमाडौं । २०८१ को पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेको छ । २०८० को कारोबारको दिन अर्थात गत बुधबार घटेर बन्द भएको नेप्सेले आज आइतबार सोही क्रमलाई निरन्तरता दिएको हो।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २.३५ अंक घटेर २०२३.३५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ५९ हजार ४२ पटकको कारोबारमा ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ।
आज एनआईसी एशिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो एण्ड जनसल कन्स्ट्रक्सनको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज पोखरा फाइनान्सको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १० करोड बढि कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.९१ प्रतिशत बढेको छ। त्यस्तै, आज वित्त उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ।