राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जनाको नाम सर्टलिस्ट, को को परे ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ। कम्पनीको पदपुर्ति उपसमितिको शुक्रबार बसेको बैठकले ४ जनाको नाम छनौट गरेको हो ।

सर्टलिष्टमा पर्नेहरुमा नारायण कुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवाष कोईराला रहेका छन् । जसमध्ये नारायण कुमार भट्टराई तत्कालीन गुराँस लाईफ ईन्स्योरेन्सका पूर्व सीईओ हुन् भने डा. शिव हरी श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् ।

त्यसैगरी, सुरेन्द्र थापा तत्कालीन राष्ट्रिय बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी) का पूर्व सहायक प्रशासक हुन् भने सुवाष कोईराला हाल राष्ट्रिय बीमा कम्पनीका डेपुटी सीईओमा कार्यरत छन् । उनी कम्पनीका हालका निमित्त सीईओ समेत हुन् ।

उम्मेदवारहरुको व्यवसायीक योजनाको प्रस्तुतीकरण आगामी वैशाख १२ गते बिहान ७ः३० बजेदेखि सुरु हुने छ । अन्तरवार्ता भने आगामी वैशाख १३ गते बिहान ७ः३० बजेटबाट सुरु हुने कम्पनीको सूचनामा उल्लेख छ ।

राष्ट्रिय बीमा कम्पनी मसिंर १५ देखि सीईओ बिहिन रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स