बढ्न थाल्यो सेयर धितो कर्जा, के बजार चलायमान हुन थालेको हो त !

काठमाडौं । पछिल्लो केहि महिनायता बजारमा सेयर धितोमा कर्जा लिने बढ्दै गएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले बजारमा सेयर कारोबार बढ्न थालेको देखाएको हो । चालु आर्थिक वर्षको ८ महिनामा सेयर धितो कर्जा ८ अर्ब ७० करोड रूपैयाँले बढेको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म सेयर धितो कर्जा ६७ अर्ब १२ करोड रूपैयाँ प्रवाह भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो कर्जा ५८ अर्ब ४२ करोड रूपैयाँ प्रवाह भएको थियो ।

जसमा सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ । बैंकले चालु आवको फागुन महिना सम्म ११ अर्ब ७१ करोड रूपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले ४ अर्ब ९४ करोड, राष्ट्रिय वाणिज्य बेंकले ४ अर्ब १९ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब १४ करोड रूपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको छ ।

हिमालयन बैंकले २ अर्ब २७ करोड, नेपाल एसबीआई बैंकले १२ करोड , एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, एनआईसी एसिया बैंकले ४ अर्ब ४१ करोड, माछापुच्छ्रे बैंकले ४७ करोड, कुमारी बैंकले ४ अर्ब १३ करोड, लक्ष्मी बेंकले ३ अर्ब २३ करोड रूपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको छ ।

सिद्वार्थ बैंकले ५ अर्ब १८ करोड, कुषि विकास बेंकले १ अर्ब २४ करोड, ग्लोबल आईएमई बैंकले ६ अर्ब ७४ करोड, सिटिजन्स बैंकले ४ अर्ब ३३ करोड, प्राइम बैंकले ४ अर्ब १४ करोड, एनएमबी बैंकले ९७ करोड, प्रभु बैंकले ३ अर्ब २७ करोड र सानिमा बैंकले १ अर्ब ६० करोड रूपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स