‘ओपो तिहार अफर २०७८’ उपहार योजना अन्तर्गत विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर

काठमाडौं । ओपोले नेपाली महान चाड तिहार २०७८को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८ ’, उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागीता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले तिहार उपहार योजनामा सहभागिता जनाउन सक्दछन् । सहभागीताका लागि उपभोक्ताले, opponepalcampaigns.com मा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ । यसरी सहभागीहरु मध्यबाट लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्याण्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

ओपो तिहार अफर, उपहार योजना नोवेम्बर १ देखि नोवेम्बर ७, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स