उदयपुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तथा क्षती मुल्यांकनकर्ता तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले उदयपुर जिल्ला स्थित गाइघाटमा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तथा क्षती मुल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चैत्र २३ गतेबाट संचालन गरी चैत्र २६ गते सम्पन्न गरेको जनाएको छ ।

उक्त तालिममा उदयपुर, खोटाङ तथा सप्तरी जिल्लाबाट सहभागिहरुले सहभागिता जनाएका थिए । तालिममा कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख लगायत बीमाका सिद्धान्त, जोखिम तथा जोखिम न्यूनीकरण र व्यवस्थापन, बीमा ऐन तथा क्षती मुल्यांकनहरु को विषयमा तोकिएको पाठ्यक्रममा आधारित रहि बीमा अभिकर्ता तथा क्षती मुल्यांकनकर्ता तालिम तथा परिक्षा सम्पन्न गराईएको जानकारी कम्पनी का कृषि विभाग प्रमुख तथा कार्यक्रम संयोजक उमेश ढकाल ले जानकारी गराए ।

तालिम मा सहभागिहरु सँग तालिम सुरु हुनु पुर्व तथा तालिम सम्पन्न पश्चात परिक्षा लीइ योग्य सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतमले जनाएका छन ।

तालिम सम्पन्न भए पश्चात सहभागिहरुको तर्फबाट शेर बहादुर कार्कीले तालिम संचालन गरेकोमा कम्पनीका प्रतिनिधिहरुलाई धन्यवाद ब्यक्त गर्दै एस्ता तालिमले आगामी दिनहरुमा कृषि बीमालाई घर घर मा पुरयाउन ठुलो जनसक्ती तयार हुने र भई परी आउने जनधनको क्षती लाई बीमा मार्फत न्यूनीकरण गर्न सकिने विश्वाश ब्यक्त गरे ।
उक्त तालिममा अभिकर्ता तथा क्षती मुल्यांकनकर्ता गरी जम्मा २७ जना सहभागिहरुका साथै कम्पनीका गाइघाट शाखा प्रमुख डि.बि कटुवाल लगायत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स