एनसीएचएल र नेप्सद्वारा साधारण सभा आह्वान, मर्जर प्रस्ताव पारित हुने

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) ले
साधारण सभा आह्वान गरेका छन् । दुवै संस्थाको चैत २५ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १३ गते बस्ने गरी छुट्टाटुट्टै साधारण सभा आह्वान गरेका हुन् ।

सभामा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ । सभामा मर्जरका विषयमा अहिलेसम्म भएका सबै निर्णय र प्रगति विवरण पारित हुनेछन् ।

यसैगरी प्राप्ति कार्यपछि परिवर्तन हुने सेयर तथा चुक्तापुँजी वृद्धि गर्ने र सेयर समूह स्वामित्व परिवर्तन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।

संस्थाले छुट्टाछुट्टै साधारण सभामार्फत आफ्ना सेयरधनीको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया सम्पन्न गरी एकीकृत कार्य गर्नेछन् ।

नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको छ भने एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरूलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स