आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त भएका छन् । नवनियुक्त चिफ मार्केटिङ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्समा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्समा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स