राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन माग्योः रोजगारी गुमेकादेखि परामर्श सेवा व्यवसायीले आवेदन दिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुनरकर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग पुनरकर्जाका लागि आवेदन माग गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले मंसिर १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कोभिड-१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रमा कर्जा प्रवाह गर्न राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुसँग आवेदन माग गरेको हो । राष्ट्र बैंकका अनुसार अति प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धि व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल पुनरकर्जाका लागि योग्य हुनेछन् ।

रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वेदशमा वा विदेशमा), मूलभुत रुपमा सेडर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथ दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा विक्री वितरण पुनरकर्जाका लागि योग्य हुनेछन् ।

कुखुरापालन व्यवसाय, पशुपन्क्षी, मोरी तथा मत्स्य पालन व्यवसाय, तयारी पोशाक, हस्तकला तथा सीपमुलुक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, निजी तथा आवासिय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर पुनरकर्जाका लागि योग्य हुनेछन् ।

यात्रु वाहक स्थल यातायात, ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवका क्रियाकलाप, कानुनी, लेखा, इन्जिनियरिङ लगायतका परामर्श सेवा वा व्यवसाय, हेल्थ सेन्टर वा फिट्नेस सेन्टर पुनरकर्जाका लागि योग्य हुनेछन् ।

बैंक तथा वित्तीय संस्थाहरुसँगै अन्य व्यवसाय गर्नेहरुले पनि यही सूचना आधारमा बैंकहरुमा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । इच्छुक ऋणीले आफुले सुेवा लिँदै गरेको बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/10/Refinance-Notice-No.2.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स