काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक हाइड्रोपावर कम्पनीको साढे २ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार, मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा कम्पनीको ४.७५ प्रतिशतले हुन आउने कुल २ लाख ७९ हजार ३१७.५३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।