काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.५ अंकले बढेर २८३७.६१ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा पुगेको छ ।
आइतबार २३२ कम्पनीका सेयर ८१ हजार ९५३ पटक करोबार भएको छ । १ करोड ३८ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ उपसमूह बाहेक अन्य सबै उपसमूह बढेका छन् । बैंकिङ उपसमूह २.९६ अंकले घटेको छ । नन् लाइफ इन्स्योरेन्स ६०३.०३ अंकले बढेको छ ।
८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।