काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो साता एक वाणिज्य बैंकसहित तीन कम्पनीको साढे २ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
लक्ष्मी सनराइज बैंक लिमिटेड, साना किसान विकास लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्सकोे गरि कुल २ करोड ६३ लाख १६ हजार ७२२.४४१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा चैत २० गते लक्ष्मी सनराइज बैंक लिमिटेडको ७ प्रतिशतले हुन आउने १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
चैत २१ गते साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने ४७ लाख ४७ हजार ५५५.९४१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यस्तै, चैत २१ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १६ प्रतिशतले हुन आउने ६४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।