काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागी भएको छ । सो आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । शव जलेकोले पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
‘शवको पहिचान नखुलेकोले सनाखत गर्ने प्रयास भइरहेको छ’, उनले भने ‘आगो नियन्त्रणमा लिइसकेपछि पुरुषको शव जलेको अवस्थामा फेला परेको हो ।
ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान ६ बजेको समयमा आगलागी भएको थियो ।