आखिर किन गर्छन् एक लगानीकर्ताले अर्को लगानीकर्ताको एकै कारोबारमा करोडौंको सम्पत्ति स्वाहा !

काठमाडौं । नेपालको पुँजी बजार दक्षिण एशियाली पुँजी बजार ईन्डेक्सको तुलनामा अत्यन्त न्यून बिन्दुमा भए पनि,बिकृती, बिसंगति र एक लगानीकर्ताले अर्को लगानीकर्ताको रिस राग र डाहा गर्ने मामिलामा भने छुट्टै उच्च ईन्डेक्सनै कायम भै सकेको छ।

त्यसको जवलान्त उदाहरणको रुपमा आज दुई कम्पनी दर्ज भएका छन्। त्यस मध्येमा पिपुल्स पावर लिमिटेड कम्पनी र दोस्रोमा गोर्खाज फाईनान्स लिमिटेड रहेका छन्। लगानीकर्ताको आकर्षण र रिसमा यो कम्पनी पटक पटक पर्दै आएको छ।

किन एक लगानीकर्ताले अर्को लगानीकर्ताको करोडौंको सम्पति स्वाहा पार्न किन लाग्छन् ? सामान्य अर्थमा दुई मनोबिज्ञान हाबि भएर यो परिस्थितिको सृजना हुन्छः
१. अरुले वा आफुबिपरित आफुले मन नपराउने लगानीकर्ताले कारोबार गरेको कम्पनी घटाएर आफ्नो रिस सान्त पार्ने वा अरुको पिडामा आफु रमाउने मनोबिज्ञानबाट ग्रसित लगानीकर्ता हुन्छन् भने
२. अर्को थरि लगानीकर्ता आफुले चाहेको मूल्यमा किन्न नपाए पछि अर्को दिन किन्नको लागि बजार मूल्य अर्थात एमकेटी गरेर मूल्य घटाउने र भोलिपल्ट उक्त कम्पनी किन्ने रणनितिले मूल्य घटाउने खेलमा लाग्छन्।

त्यहि खेलको सिकार आज यी दुई कम्पनी भएका हुन्। पुँजी बजारलाई अर्थतन्त्रको ऐना र सिसाको घर सँग पनि तुलना गरेर हेरिन्छ। यदि अरुको सिसाको घरमा ढुंगाले हान्दा जसरि चकनाचुर हुन्छ त्यसैगरि आफ्नो घर वा आफ्नो लगानी भएको कम्पनीमा पनि अफुले गरेजस्तै गलत अभ्यास गर्दा आफ्नो पनि करोडौंको सम्पति स्वाहा हुन्छ। यदि असल लगनीकर्ता हो भने यो कुरा मन्न गर्नु अत्यन्त आवस्यक छ। अझ बजारले दुई वर्ष देखी साईडवेज पार गर्न नसकिरहेको अवस्थामा यस्तो गलत हर्कत गर्नु उक्त कम्पनीका लगानीकर्ता र समग्र बजार लाईनै घात गर्नु हो।

आज यस्तै अन्तर घात पिपुल्स हाईड्रो पावरका लगानीकर्तालाई अर्का लगानीकर्ताले गरेका छन्। निरन्तर मूल्य बढिरहेको पिपुल्स पावर कम्पनीमा आज कारोबारको अन्तिम समयमा ब्रोकर नंम्वर २१ ले ६ सय १९ रुपैयाँ पुगेको मूल्यलाई ३० कित्ता एमकेटी अर्थात मार्केट प्राईजमा फालेर करिब १२ प्रतिशत अर्थात ६६ रुपयाँ मूल्य अन्तिम समयमा झारिएको छ। जुन समग्र लगानीकर्ता प्रतिको अन्तर घात हो। यस्तो बिक्रिती रोक्न सिस्टममै सुधार गर्नु पर्ने देखिन्छ।

आजको दोस्रो अन्तरघात पिडित कम्पनीमा गोर्खाज फाइनान्स परेको छ। यस्को पनि ९१२ रुपयाँ पुगेको मूल्यलाई ब्रोकर नंम्बर ४१ ले २५ कित्ता र ब्रोकर नंम्बर २९ ले १४ कित्ताले एमकेटी गरेर मूल्य घटाएर ८५४ रुपैयाँ मा झारि दिएको छ करिब ७ प्रतिशत अर्थात ५८ रुपैयाँ झारिएको छ।

यस्ता गलत अभ्यास र विकृतीले लगानीकर्तालाई पिडित बनाउने र समग्र पुँजी बजारनै वैधानिक जुवाघरमा प्रवेश गरेको भान हुन्छ। यसलाई समयमै नियामक निकायले प्राविधिक संसोधन गरि एमकेटी गरिएको बाँकी कित्ता अन्य अडर जस्तै फ्लोरसिटमा बाई वा सेल जुन अवस्थामा छ कारोबार कित्ता म्याच भईसकेपछि बाँकी अडर कित्ताहरु अडरकै रुपमा पेन्डिङ रहने बयबस्था हुनु नितान्त आवस्यक छ। नत्र नेपालको पुँजी बजार वैधानिक जुवाघर बन्न बेर लाग्दैन।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स