‘बैंकहरूसँग ५ खर्ब लगानी योग्य पुँजी थुप्रिएको छ, हामी लगानी गर्न तयार छौं’ : सुनिल केसी

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ क्षेत्र लगानी गर्न तयार रहेको बताएका छन् । आज नेपाल बैकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले अहिले ५ खर्ब लागनी गर्न सक्ने अवस्थामा बैंकहरू रहेको बताए ।

विशेषगरी पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण कर्जा माग बढ्न नसकेको केसीले बताए । ब्याजदर निरन्तर घटाउँदा समेत कर्जाको माग नबढेको उनको भनाइ छ ।

यद्यपि ब्याजदर र बैंकको बेसरेट निरन्तर ओरालो लाग्दो क्रममा रहेको छ । अन्य सूचक पनि राम्रो हुँदै गएको, मूल्य र्वद्धि घटेको , आर्थिक वृद्धिदर पनि केहि राम्रो हुने प्रक्षेपण भएकोले अबको दिनमा राम्रो हुने विश्वास बैकिङ क्षेत्रले लिएको उनले बताए ।

‘बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । ३ खर्ब ३५ अर्ब डिपोजिट छ । २ खर्बमात्रै कर्जा प्रवाह भएको छ’, उनले भने ‘कर्जाको माग भने छैन’ कर्जा निक्षेपको अनुपात पनि ८१ प्रतिशत वरिपरि नै छ ।’ जबकी ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइन्छ ।’

उनले स्थानीय तहको पैसालाई निक्षेणको रुपमा गणनाबाट हटाउँदा बैंकहरूको निक्षेप कृहि तल ओर्लेको उनले बताए । केहि दिन अघिमात्रै स्थानीय तहको १ खर्ब रुपैयाँ बैकिङ प्रणालीबाट झिकिएको छ । त्यसले निक्षेप घटाएको हो । यही चैत महिनासम्म गणना गर्न पाउने व्यवस्था गरिएको थियो । तर, सरकारले त्यो भन्दा चाँडो नै निक्षप निकाल्यो । स्थानीय तहमा खोल्दा नै सहयोग गर्ने भनेर बैंकहरू ७५२ स्थानिय तहमा पुगेका छन् ।

नेपालको बैंकिङ क्षेत्र सबल र सक्षम रहेको पनि उनले बताए । ‘र पनि पछिल्लो समय खराब कर्जा अनुपात भने बढेको छ’, उनले भने, ‘रेमिट्यान्सको राम्रो गतिमा बढेको छ । जलविद्युत क्षेत्रको लगानी बढ्दो छ ।

निष्क्रिय कर्जा केहि बढेको छ र पनि नेट एनपीएल भने १.१३ प्रतिशतमात्रै भएकोले आत्तिनु पर्ने अवस्था खासै नभएको पनि अध्यक्ष केसीले बताए । विश्व बैंकले पनि नेपालको अर्थतन्त्र बाउन्स ब्याक भएको देखाएकोले प्रशंग पनि उनले सुनाए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैकिङ क्षेत्रमा कुनै समस्या नभएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स