नेप्सेमा एक जीवन बीमा कम्पनीको ६४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक जीवन बीमा कम्पनीको ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा कम्पनीको १६ प्रतिशतले हुन आउने ६४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स