न्यायाधीशकी श्रीमतीले सर्वोच्च अदालतको इजलासमा विष सेवन गरेपछि…

काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले रावलले सर्वोच्च अदालतको इजलासमा विष सेवन गरेकी छिन् । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चलिरहेका बेला रावलले विष सेवन गरेकी हुन् ।

रावलले ‘इजलासमै विष सेवन गरेपछि उनलाई वीर अस्पताल पठाइएको छ । हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

उनले गुट्खाको प्याकेटमा विष राखेर लगेको बताईएको छ ।यसअघि गत पुस २८ गते पनि उनले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी थिइन् ।

आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । त्यसपछि उनी धरौटीमा रिहा भएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स