नेप्सेमा एक वाणिज्य बैंकको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा बैंकको ७ प्रतिशतले हुन आउने १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स