सरकारको बजेट घाटा पौने २ खर्बमाथि, पुँजी निर्माण गर्ने खर्च ३० प्रतिशतमात्रै

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना बित्न लाग्दा सरकारको बजेट घाटा बढेर पौने २ खर्ब माथि पुगेको छ । सरकारले यो अवधिमा ६ खर्ब ९५ अर्ब रुपैयाँ राजस्व संकलन गरेर ८ खर्ब ७२ अर्ब रुपैयाँ खर्च गरेको हो ।

खर्च भएका शीषकमा पनि पुँजी निर्माण गर्ने पुँजीगत खर्च भने २९.९५ प्रतिशतमात्रै गरेको छ । कुल खर्च ४९.८३ पुग्दा चालु खर्चमा विनियोजित बजेटमध्य ५४ प्रतिशत खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ५३.८९ प्रतिशत खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षको यो अवधिसम्म ६ खर्ब ९५ अर्ब ४१ करोडरुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले चैत १९ गतेसमम संकलन गरेको सो राजस्वमा कर ६ खर्ब ७ अर्ब ६८ करोड कर राजस्व हो भने ६२ अर्ब ७८ करोड गैरु कर राजस्व हो ।

यो अवधिमा सरकारले २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ अनुदानबाट प्राप्त गरेको छ भने अन्य क्षेत्रबाट २२ अर्ब १८ करोड ३१ लाख रुपैयाँ संकलन गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारको ८ खर्ब ७२ अर्ब ६७ करोड रुपैयाँ खर्च हो । जसमध्ये ६ खर्ब १६ अर्ब ५२ करोड रुपैयाँ चालु खर्च हो भने पुँजीगत खर्च ९० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ गरेको छ । त्यसैगरी सरकारको १ खर्ब ६५ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ वितिय व्यवस्था खर्च गरेको छ ।

सरकारले ऋण र सोको ब्याज तिर्न मात्रै चालु आवमा १ खर्ब ६५ अर्ब रुपैयाँ खर्चिएको देखिन्छ । एकातिर पुँजी निर्माण हुने पुँजीगत खर्च नहुँदा बजार चलायमान हुन सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स