काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्थाको शाखा कार्यालय बयरघारीले वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । आज माइक्रोफाइनान्सले आयोजना गरेको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता गोष्ठी कार्यक्रम ७ लाख ऋण मिनाह गर्नुका साथै केन्द्रहरूलाई पुरष्कृत गरेको हो ।
गोष्ठीमा वित्तीय साक्षरताका साथै सेवा केन्द्रको मूल्यांकन समेत हुने गरेको मेरो माइक्रोफाइनान्सका बयरघारी शाखा प्रबन्धक बिमला गुरुङले जानकारी दिइन ।
मेरो माइक्रोफाइनान्सले सो अवसरमा राम्रो कार्यसम्पादन गर्ने सेवा केन्द्रलाई पुरष्कृत गरिएको थियो । संस्थाको ९२ वटा सेवाकेन्द्रमध्ये पहिलो मेरो ठूली भञ्याङ केन्द्र–१७ बनेको छ भने दोस्रो स्थान मेरो नवज्योति महिला केन्द्र–३६, तेस्रो मेरो भयरनाथ महिला केन्द्र–५९बनेको छ । सान्त्वना पुरस्कार मेरो माझकोट महिला केन्द्र–५२ ले हात पारेकोे छ ।
साथै उक्त कार्यक्रममा संस्थाबाट लिएकी ऋणी लक्ष्मी पाण्डेलाई ७ लाख ऋण मिनाहको चेक हस्तान्तरण गरिएको थियो । संस्थाले केन्द्र–२६ की सदस्य ऋणी पाण्डेलाई उनको श्रीमानको मृत्यु पश्चात उक्त चेक हस्तान्तर गरेको हो ।
पाण्डेलाई नगर प्रमुखबाट चेक हस्तान्तरण गरिएको हो । संस्थामा अबद्ध सदस्य हरुलाई केन्द्रले घर निर्माण गर्न सहयोग रकम हस्तान्तरण गरिएको शाखा कार्यालय बयरघारी स्याङ्जाको शाखा प्रबन्धक गुरुङले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि भिरकोट नगरपालिका स्याङ्जाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले लघुवित्तले महिला दिदीबहिनीलाई वित्तीय पहुँच पुर्याउनुका साथै महिला सशक्तिकरण गर्न सघाएको बताए ।
कार्यक्रममा इलाका प्रहरी दहथुमको कार्यालय प्रमुख नगेन्द्र भण्डारी, भिरकोट पोखरा सामिप्य सदनको अध्यक्ष तथा समाजसेवी श्याम प्रसाद रेग्मी, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय तेल्घा पाल्पाका अनुगमन अधिकृत अर्जुन पौडेलको उपस्थित रहेको थियो । कार्यक्रमा स्वागत मन्तव्य संस्थाका कनिष्ठ सहायक इश्वर लामिछानेले गरेका थिए ।