सूर्या लाइफ इन्स्योरेन्सले १३.३६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई १३.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र०७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको बोनस १२.७० र नगद करसहित ०.६६ प्रतिशत गरी १३.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स