होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स २००, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । दुईपाङ्ग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक बिक्री हुने होण्डाले आफ्नो नयाँ बाईक एनएक्स २०० नेपाली बजारमा भित्र्याएको छ। एनएक्स २०० बाईकलाई सिटी राइडिंग र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त भनिएको छ।

यसको ‘अप-राइट पोजिशन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ ले आरामदायी यात्रा सुनिश्चित गर्दछ। एनएक्स २००मा उपलब्ध ‘वाइण्ड भाइजर’ र ‘एलईडी विंकर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाईकलाई झनै आकर्षक बनाएको छ।

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स २०० को अरु थप उल्लेखनिय विशेषता हुन्। एनएक्स २०० मा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र ‘डूअल पेटल डिस्क ब्रेक’ले दिनेछ यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावस्यक हुन्छ।

‘पीजीएम एफआई सिस्टम’ले इन्धनको बचत गर्दै एकोहोरो जिन्दगीबाट पर कतै उमंग खोज्न निस्कने भरपुर शक्ति पनि अवस्य दिनेछ। यसको शक्तिशाली ट्वर्क क्षमताले सहरी सयर सहज र लामो अफ्टेरो यात्रा पनि रोमान्चक लाग्ने छ। १० वर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रंगहरुमा उपलब्ध एनएक्स २०० को सुरुवाती बिक्री मूल्य ४,७९,९०० रूपैयाँ मात्र तोकिइएको छ।

कम्पनीले एनएक्स २०० को औपचारिक बिक्री वितरण यहि चैत्र १५, २०८० बाट सुरु गरिसकेको छ। होण्डाका सम्पूर्ण आधिकारिक बिक्रेता कहाँ गइ या होण्डाको आधिकारिक वेबपेजमा गइ आजै एनएक्स २००को खरिद या बुकिङ पनि गर्न सकिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स