सर्वोतम सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ अंक विन्दुमा आइपुगेको छ ।

आज ७२ लाख ९० हजार कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सर्वोतम सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४७ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ११ करोड २३ हजार, गोर्खाज फाइनान्सको ९ करोड ९९ लाख, पिपल्स् पावरको ५ करोड ७९ लाख, माया खोला हाइड्रोपावरको ५ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स