काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई १५.८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैंकले चुक्ता पुँजीको १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश गरी १५.८ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।