काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका २६ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ । कार्यालयले २६ कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने आधार भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो ।
उनीहरुले स्पष्टीकरण पेस गर्न अटेर गरेपछि आज कार्यालयले सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरेको हो ।
स्पष्टीकरण माग गरिएका २६ निर्माण कम्पनीको सूचीमा भारतका दुई र चीनको एक कम्पनीसमेत छन् । बाँकी सबै नेपाली कम्पनीहरु छन् ।