विभागद्वारा राजस्व छलि अभियोगमा सफ्टवेयर कम्पनी ‘कोटीभीटी’विरुद्ध मुद्दा दायर, १० अर्ब ३६ करोड बिगो दावी

इतिहासमै ठूलो

काठमाडौं । राजस्व अनुसन्धान विभाग (डीआरआई) को इतिहासमै सबैभन्दा ठूलो मुद्दा दायर गरेको छ । विभागले १० अर्ब ३६ करोड ४४ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । विभागले आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । उक्त बिगोदावी सहितको मुद्दा हालसम्मको ठूलो भएको विभागले जनाएको छ ।

सफ्टवेयर निर्माण गर्ने कोटीभिटी नेपाल प्रालीले पटक–पटक सेयर स्वामित्व परिवर्तन गर्दै आएको र सोको जानकारी तथा तिर्नुपर्ने राजस्व नतिरेको विभागको दाबी छ । कोटीभिटी नेपाल पूर्ण रुपमा विदेशी लगानी भएको कम्पनी हो । आर्थिक वर्ष २०७२/०७३ मा कम्पनीको १७ लाख ५ हजार २ सय २ कित्ता सेयर भेरिक्स हेल्थ इन्क, संयुक्त राज्य अमेरिकाको नाममा बिक्री भएको देखिन्छ ।

तर, कम्पनीले कर कार्यालयलाई कुनै जानकारी नै नदिई कारोबार गरिरहेको विभागको आरोप छ । विभागले ५ अर्ब १८ करोड, २२ लाख कर छलि गरेको र सोको बिगो जरिवाना सहित १० अर्ब ३६ करोड ४४ लाख बिगो माग दाबीसहति मुद्दा दायरा गरिएको विभागका महानिर्देशक ढुंगानाले जानकारी दिए । प्रालीले नेपालमा सफ्टवेयर निर्माण गरी अमेरिका निर्यात गर्ने गरेको छ ।

चालु आवको यो अवधिमा विभाग ८० भन्दा बढी राजस्व छलिको मुद्दा उच्च अदालत पाटमा दायरा गरेको छ । यी मुद्दामा करिब ८ अर्ब रुपैयाँको बिगो दावी गरिएको छ भने आज दर्ता भएको बिगो दावीको मुद्दासहित विभागले करिब साढे १८ अर्ब रुपैयाँको बिगो दावीसहितको मुद्दा दायरा गरेको पनि महानिर्देशक ढुंगानाले जानकारी दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स