आज संवैधानिक परिषदको बैठक बस्दै, सरकारी अन्तिम लेखा परीक्षकको बलियो दावेदार को ?

काठमाडौं । आज संवैधानिक परिषदको बैठक बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिका बारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए ।

यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बिहान बस्न लागेको हो । बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

सार्वजनिक निकायको अन्तिम लेखा परीक्षण गरी सार्वजनिक गर्ने यो संवैधानिक अंगमा नियुक्ति लिनका लागि नेपाल सरकार पूर्व सचिवदेखि राष्ट्र बैंक सञ्चालन तथा महालेखा परिक्षक कार्यालयमा कर्मचारी समेत रहेका छन् ।

को छन् आवेदक ?

महालेखा परिक्षकको दौडमा पूर्वसचिवहरू शिशिर कुमार ढुंगानासहित गोपीनाथ मैनाली, रामप्रसाद थपलिया, हरि बस्याल, रामशरण पुडासैनी र शंकर खरेल तथा बाहालवाल सचिव (राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकृत) तोयम रायले निवेदन दिएका छन् ।

चाटर्ड एकाउन्टेन्ट हरि सिलवाल, पनि महालेखा परिक्षकको लागि आवेदन दिएका छन् । त्यस्तै महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षकहरू महेश्वर काफ्ले, वामदेव शर्मा, नायव महालेखा परीक्षकहरू चन्द्रकान्त भण्डारी, बैकुण्ठबहादुर अधिकारी र पूर्वनायव महालेखापरीक्षक अशोक कार्की तारामाया कुँवरले निवेदन दिएका छन् ।

कसले मार्ला बाजी ?
महालेखा परिक्षकका लागि आवेदन दिएकामध्ये सबैभन्दा बलिया उम्मेदवार पूर्व अर्थ सचिव शिशिर ढुंगाना देखिएका छन् । उनी केपी ओलीका खास पात्र हुन् भने व्यवसायी घरानाको पनि उनलाई ठूलो साथ र सहयोग छ ।

उच्च अदालत पाटनले दोषी ठहर गरेर जरिवाना तिराएका ढुंगानालाई महालेखा परिक्षकमा नियुक्ति गर्न ओलीले अडान लिएपनि प्रधानमन्त्री प्रचण्ड भने महालेखा परिक्षकको लागि आवेदन नै नराखेका शंकर अधिकारीलाई महालेखा परिक्षक बनाउन खोजिरहेका थिए ।

तर, पछिल्लो घटना क्रम अनुसार नेपाल राष्ट्र बैंकका सञ्चालक समिति पूर्व सदस्य तथा चाटर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण पनि ओलीको खास मान्छे हुन्छ । प्रचण्डले आवेदन नै नहालेका अधिकारीलाई महालेखा परिक्षकमा नियुक्ति गर्न नमिल्ने देखिएपछि ओलीले ढुंगानाले ढुंगानालाई गर्न सकेनन् भने कर्णलाई महालेखा परिक्षकमा नियुक्ति गर्ने सम्भावना देखिएको छ ।
ओली कै आर्शिवादमा राष्ट्र बैंक सञ्चालक बनेका कर्णलाई महालेखा परीक्षक बनाउन छिमेकी राष्ट्रबाट समेत चासो देखाएको बुझिएको छ । ओलीले काखी च्यापेका ढुंगानालाई महालेखा परिक्षक कार्यालयको बागडोर दिए उनको विरोधमा अदालतमा जाने तयारीमा टिमनै बनेर बसेको छ ।

महालेखाका अर्का बलिया उम्मेदवार मध्ये बाहालवाल सचिव (राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकृत) तोयम राय र कार्यवहाक महालेखा परिक्षक वामदेव शर्मा अधिकारी पनि बलिया उम्मेदवारमा गनिन्छन् ।

ओली आफ्ना खास पात्र ढुंगानालाई महालेखा परिक्षक बनाउने दौडमा शक्ति केन्द्रिकृत गरेर बसेका छन् । यता प्रचण्ड भने अदालतबाट दोषी ठहर गरेका व्यक्तिलाई देशकै आय व्ययको अन्तिम हिसाब किताब परीक्षकको रुपमा राख्न नसक्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स