विदेशी मुद्राको विनिमय दर स्थिर, अन्यको कस्तो ?

काठमाडौं । आज कुनै पनि विदेशी मुद्राको मूल्य थपघट नभएको राष्ट्र बैंकले जनाएको छ । आज आइतबार अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको दर स्थिर रहेको छ ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । शुक्रबार र शनिबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ । यो पनि हिजोकै कारोबार मूल्य हो ।

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ भने बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स