सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैगिंक, डिजिटल तथा जलवायुवित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि सिद्धार्थ बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पेरेशन (आईएफसी) बीच सम्झौता भएको छ ।

बैंकले ‘डिजिटल फस्र्ट’ अभ्यास अपनाइ सुशासन पक्षहरुमा केन्द्रित हुँदै दिगो विकासलाई सधैं प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरु वातावरणमैत्री एवं समाज केन्द्रित बनाउँदै आएको छ । उक्त सम्झौताले उल्लेखित क्षेत्रहरुमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तराष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सबल बनाई आफ्ना लक्ष्यहरु हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको छ ।

आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले आईएफसीद्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा ‘बेष्ट अपरेशनस् बैंक इन साउथ एशिया’ अवार्डबाट पनि सम्मानित भएको थियो ।

त्यसैगरी केहि समय अघि मात्र पनि सिद्धार्थ बैंक र आईएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरुको व्यवसायमा र जलवायु वित्त पोषण (क्लाइमेनट फाइनान्सिङमा लगानी गर्ने सम्झौता भईसकेको छ । जस अन्तर्गत आईएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स