काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य २१ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ कायम आज २ हजार १ सय रूपैयाँले बढेर १ लाख ३० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ सय १० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १५ सय २५ रूपैयाँ कायम भएको छ ।