एनएमबी बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकले व्यक्तिगत संस्थापकको नाममा रहेको ५२ हजार १७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ ।

उक्त लिलामी सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाई चैत्र २२ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन दिइसक्नुपर्नेछ । बोलपत्र पेश गर्दा बिक्रीका लागि प्रस्ताव गरिएको सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

खरिदकर्ताले आवेदन एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पेश गर्नुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स