नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा आह्वान

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा वैशाख १८ गते होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजे डाकेको हो ।

बैंक सञ्चालक समितिले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । सभामा बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स