काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित अरु धेरै विदेशी मुद्राको मूल्य घटेको छ ।
अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा निर्धारण गरेको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा थियो ।
युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८४ पैसा थियो ।
आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा थियो।