साढे २ अर्बमाथिको कारोबार हुँदा सर्वोतम सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ४.७८अंकले बढेर २०३५.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज ६६ लाख १४ हजार कित्ता सेयर २ अर्ब ६५ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सर्वोतम सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सको १६ करोड १९ लाख, शिवम् सिमेन्टको १५ करोड ३९ लाख, सोनापुर मिनरल्स्को ११ करोड १८ लाख, पिपल्स् पावरको ७ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स