काठमाडौं । नेपाल स्टक एक्चेन्च (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । बुधबार डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२५.१८ रुपैयाँ कायम भएको छ । आज बुधबार कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ७९७.७० रुपैयाँ कायम थियो ।
योसँगै, अब भोलि बिहीबारबाट समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।