यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख ६७ हजार कित्ता सेयर २ अर्ब २३ करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जोशी हाइड्रोपावरको ८ करोड ३२ लाख, सोनापुर मिनरल्स्को ७ करोड ३३ लाख, हिमालयन रि इन्स्योरेन्सको ७ करोड १० लाख, गोर्खाज फाइनान्सको ५ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स