आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारी, भन्सार विभागको जिम्मेवारी ढुण्डिराज निरौलालाई

काठमाडौं । सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारी, भन्सार विभागको जिम्मेवारी ढुण्डिराज निरौलालाई सुम्पेका छन् । सरकारले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक सरुवा गरेको हो । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा गरेको हो ।

भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ । भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

अर्थ मन्त्रालयमा तीन जना सहसचिवलाई भित्राएर दुई जनालाई अर्थ मन्त्रालय अन्तर्गत विभागको जिम्मेवारी दिएको हो । सहसचिव नारायणप्रसाद सापकोटा अर्थमा भित्रिएका छन् । यद्यपि उनीलाई अर्थले भने अझै जिम्मेवारी तोकिसकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स