काठमाडौं । नेपाल राष्ट बेैंकको संयोेजनमा विगत वर्षहरु जस्तै यस वर्ष पनि एभरेष्ट बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । बेैंकले चैत ५ गतेदेखी सप्ताव्यापी अभियान अन्तर्गत ग्लोबल मनि वीक-२०२४ को उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराएको छ ।
प्रोटेक्ट योर मनि सेक्योर योर फ्यूचर भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको छ ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटियम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।