पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी संगठनको माग

काठमाडौं । विभिन्न छ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन् ।

दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । संयुक्त विज्ञप्तिमा निगमभित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलिया पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ लाग्न अनुरोध गरिएको छ । अन्तरराष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिँदै गरिएको मूल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

यसरी माग गर्नेमा अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल(छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवर, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही र अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल रहेका छन् ।

नेपाल आयाल निगमले हिजो शुक्रबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसमा पेट्रोल, डिजेल र मट्टीतेलका मूल्य ३/३ रूपैयाँले बढेर क्रमशः १३३ रूपैयाँ, ११६ रूपैयाँ र ११६ रूपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धनको मूल्य १० रूपैयाँले बढ्दा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रूपैयाँले बढेर १५ सय रूपैयाँ पुगेको छ । यस्तै हवाई इन्धनको मूल्य १० रूपैयाँले बढ्दा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रूपैयाँले बढेर १५ सय रूपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाले ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ प्रति किलोलिटर कायम भएकोे
निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए ।

निगमले १ सेप्टेम्बर, १६ सेप्टेम्बर र १ अक्टोबर २०२१ मा ईण्डियन आयल कर्पोरेसनबाट वृद्धि वृद्धि भई आएकोले सो मूल्य समायोजन गरेको थिएन । पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिव २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको निगमले मूल्य बढाएको हो ।

‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२।५५ रुपैयाँ, डिजेलमा प्रतिलिटर ११।६७ रुपैयाा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४६१।२२ घाटा हुने निगमले बताएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स