काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँ कायम आज ४ सय रूपैयाँले बढेर १ लाख २६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १५ सय ५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १४ सय ९० रूपैयाँ कायम भएको छ ।