बुधबार अमेरिकी डलरको मूल्य घट्दा अन्यको विनिमय दर कति ?

काठमाडौं । आज बुधबार पनि अमेरिकी डलरको मूल्य सामान्य करेक्सन भएको छ । विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य केहि करेक्सन हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा थियो।

आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४३ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स