धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया ढिलो भएको भन्दै अर्थमन्त्री पुनले पोखे सचिवलाई असन्तुष्टी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । मन्त्री पुनले नियक्ति प्रत्रिलया ढिलो भएको भन्दै तत्काल अघि बढाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएका हुन् ।

मन्त्री पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा.पुष्करलाई बैठकमै निर्देशन दिएका हुन् । ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविहीन हुनु त्यति राम्रो होइन’, मन्त्री पुनले सचिव पुष्करलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’ अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति प्रकृयाका लागि फागुन ११ गते आवेदन माग गरेको थियो । सो आवेदनमा फागुन ३० सम्म १९ जनाले आवेदन दिएका छन् ।

सेबोन अध्यक्षको सर्ट लिष्टिङ भरसक आजै, टप ५ को को ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स