काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर तोकेको छ । विगत तीन दिनदेखि अमेरिकी डलरको मूल्य स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटवढ भएको छ ।
आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। विगत तीन दिनदेखि अमेरिकी डलरको मूल्य घटबढ भएको छैन।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६२ पैसा थियो।
आजको अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १६ पैसा थियो।