सेबोन अध्यक्ष चयन समितिको संयोजकमा आफै नाम सिफारिस गरे आयोग उपाध्यक्ष पौडेलले

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष चयन समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले आफ्नै नाम सिफारिस गरेका छन् ।

कोभिड–१९ का कारण शिथिल बनेको अर्थतन्त्र पुनरुत्थानको लागि योजना तर्जुमा गरेर बलियो अर्थतन्त्र निर्माणमा लाग्नु पर्ने उपाध्यक्ष पौडेलले आफ्नो ट्याकलाई छाडेर नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिको संयोजकमा आफ्नै नाम सिफारिस गरेका हुन् ।

सेबोन अध्यक्ष छनोट समितिको संयोजनकमा आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्य संयोजकत्वमा समिति बन्ने गरेको थियो । तर, यो पटक सेबोन अध्यक्ष छनोटमा भने उपाध्यक्ष आफै उक्त समितिको संयोजकको भुमिका रहन आफ्नै नाम अर्थ मन्त्रालय पठाएका छन् ।

उपाध्यक्ष पौडेलले अर्थ मन्त्रालयबाट आएको पत्रलाई वेवास्ता गर्दै आफ्नै नाम संयोजनकमा सिफासिर गरेपछि गठबन्धन सरकारको विश्वासमा समेत तुषारापात भएको छ । उपाध्यक्ष पौडेल आफै संयोजन बन्नु भनेको आफू निकटलाई सो पदमा नियुक्त गर्नु हो । तर, अर्थमन्त्री जनार्दन शर्माले भने आफू निकटलाई सेबोनको दैनिक प्रशासकीय प्रमुखको भुमिकाका रुपमा रहने गरी नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाएका थिए ।

सदाको जस्तै यो पटक पनि अर्थ मन्त्रालयले आयोगलाई सम्बन्धित फाँट हेर्ने सदस्य पठाउनु भनि पत्र लेखेको थियो । तर, आयोग उपाध्यक्ष पौडेलले आफैंलाई संयोजक तोकेर पत्रको जवाफ पठाएको आयोग उच्च स्रोतले बतायो । मन्त्रालयले सम्बन्धित फाँट हेर्ने माननीय सदस्यलाई पठाउनु भनेको थियो ।

आयोगको पत्र मन्त्रालय पुगेपछि गठबन्धन सरकारमा माओवादीकातर्फबाट मन्त्री बनेको शर्माले कस्तो रियाक्ट गर्लान त्यो भने हेर्न नै बाँकी छ,’ यद्यपि आयोग उपाध्यक्षको यो निर्णयले मन्त्री शर्मालाई सोचनीय बनाएको मन्त्रालय स्रोतले भन्यो ।
अध्यक्ष छनोट समितिको संयोजकमा आयोग सदस्य रामकुमार फुयाँलको नाम सिफारिस हुनेपर्ने थियो । सदस्य जानुपर्ने ठाउँमा आफ्नै नाम राखेर उपाध्यक्षले अध्यक्ष छनोट प्रक्रियामा सुरुमै चलखेल गर्न खोजेका छन् ।

अब सेबान अध्यक्ष छनोट समितिमा संयोजकमा आयोग उपाध्यक्ष पौडेल, अर्थ सचिव मधु मरासीनी र प्राडा नारायणप्रसाद पौडेल रहने छन् । उक्त समितिले १५ दिनभित्र प्राप्त आवेदनमध्येबाट प्रारम्भिक छनोट गरेर अन्तरवार्ता मार्फत ३ जनाको नाम अध्यक्ष नियुक्तिमा सिफारिस गर्नेछ ।

को को हुन् बोर्ड अध्यक्षका दावेदार ?

सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका भिष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेपछि सरकार निकट हस्तीहरू सेबोन बन्नका लागि दौडधूपमा लागेको छन् ।

बोर्डकै कार्यकारी निर्देशक निरज गिरीले पनि अध्यक्ष बन्नका लागि लबिङ तीब्र बनाएका छन् । बोर्डमा विभिन्न भुमिका रहेर काम गरेका गिरी काँग्रेस नजिक छन् । यदि काँग्रेसको भागमा बोर्डका नेतृत्व परेको खण्डमा गिरीलाई पनि बलियो प्रतिष्पर्धी मानिएको छ ।

बोर्ड अध्यक्षका लागि माओवादी निकट बोर्डका उप कार्यकारी निर्देशक डा.नवराज अधिकारीलाई प्रवल दावेदार मानिएको छ । उनी प्रचण्डको टाढाका नातेदार समेत हुन् ।

एकाउन्टेन्ट कृष्ण आचार्यले पनि बोर्ड अध्यक्षमा इच्छा देखाएका छन् । आईक्यानका पूर्व अध्यक्ष र कर्मचारी सञ्चयकोषको प्रशासक भएर कार्य सम्पादन गरिसकेका आचार्यलाई नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको आर्शिवाद छ ।

त्यस्तै, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईंले पनि अध्यक्षको दौडधुपमा लागिपरेका छन् । चापागाईंलाई प्रचण्ड प्रधानमन्त्री र कृष्ण बहादुर महरा अर्थमन्त्री हुँदा बीमा समितिको अध्यक्ष नियुक्त गरिएको थियो । त्यसका अलवा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्वय डा. गोपाल भट्ट र शिवनाथ पाण्डेको नाम पनि चर्चामा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स