काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार तारागाउँ रिजेन्सी होटेल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा कम्पनीको ४ प्रतिशतले हुन आउने ७ लाख ५४ हजार ६६१.६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।