गरिमा र सहारा विकास बैंकको एकिकृत कारोबार मिति तय, ४ वर्षपछि फुकुवा हुँदै कारोबार

काठमाडौं । गरिमा विकास बैंक र सहारा विकास बैंकको एकिकृत कारोबार हुने भएको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई गाभेपछि आगामी कार्तिक २८ गतेबाट एकिकृत कारोबार हुने भएको छ । गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार हुने भएको हो ।

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई कार्तिक १ गते मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि स्वीकृति पाई सकेको छ ।

सहारा विकास बैंकको प्राप्ति हुने अघिल्लो दिनसम्म कायम रहेको लेखामा उल्लेखित मूल्यमा सम्पूर्ण चलअचल सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति (एक्विजिशन) गर्ने संस्था गरिमा विकास बैंक लिमिटेडले व्यहोर्ने, सकार्ने एवं प्राप्ति हुने कम्पनीबाट हाल सम्म भए गरेका सम्पूर्ण कारोबार प्राप्ति गर्ने कम्पनीबाट भए गरेको मानिने छ ।

प्राप्ति हुने कम्पनीले जारी गरेका सेयर प्रमाणपत्र प्राप्ति गर्ने कम्पनीमा रुपान्तरण हुने एवं प्राप्ति हुने कम्पनीले गरेका करारहरु प्राप्ति गर्ने कम्पनीले नै गरे सरह कायम रहने छ । गरिमा विकास बैंकमा सहारा विकास बैंक प्राप्ति भए पश्चात (गरिमा विकास बैंक लिमिटेड ) (ख वर्ग, राष्ट्रियस्तर) को नामबाट एकिकृत कारोबार हुने भएको हो ।

प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२ लाजिम्पाटमा रहने छ ।

गरिमाको भदौ १५ गते मंगलबारको विशेष साधारणसभाले सहारालाई प्राप्ति गर्न प्रस्तव पारित गरेको थियो । सहारा विकास बैंक १स्१ को स्वाप अनुपातमा गरिमा विकास बैंकमा गाभिने लागेको हो । अर्थात् हाल सहारा विकास बैंकको १०० कित्ता सेयर हुने सयरधनीले एकिकृत कारोबारपछि गरिमाको पनि १०० कित्ता सेयर नै पाउने छन् ।

नेप्सेमा सहारा विकास बैंकको कारोबार ४ वर्षदेखि रोक्का रहेको छ । शुरुमा देव विकास बैंकले सहरा विकास बैंकलाई गाभ्न लागेको थियो । तर त्यो प्रक्रिया रद्द भएको थियो । त्यसपछि गरिमाले बैंकलाई गाभ्न लागेको हो ।

एकिकृत कारोबार सुरु भए भएपछि सहारा विकास बैंकका सेयरधनीहरुसंग रहेको सेयर नेप्सेमा गरिमाको नाममा सुचिकृत भएपछि लगानीकर्ताले सेयर किनबेच गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स