सलिको र पिनाकल ट्रेडिङ कन्सर्नबीच नगदरहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा दशकैंदेखि स्थापित सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको) र पिनाकल ट्रेडिङ कन्सर्न प्रा.लि/पिनाकल सर्भिस सेन्टरबीच नगदरहित बीमा दावी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

दुई कम्पनीको एक समारोहबीच चैत ०९ गते द्धिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौताबाट पिनाकल ट्रेडिङ कन्सर्न प्रा. लि.मार्फत सवारीसाधन खरिद गर्ने सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि.मा आफ्ना सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारीसाधन दुर्घटना परि क्षति भएमा बीमितले आफ्नो सावरी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम नगद रहित बीमा दाबी क्षतिपुर्ति सेवा अन्तरगत प्राप्त गर्ने छन् । जसबाट ग्रहाकले बीना झनझट आफ्नो वीमालेखबाट प्राप्त हुने रकम बाहेकको रकम मात्र मर्मत केन्द्रमा भुक्तानी गरी मर्मत गरिएको सवारी साधन लिएर जान सक्ने सुविधा प्राप्त गर्ने छन् ।

सम्झौतामा पिनाकल ट्रडिङ कन्सर्न प्रा.लि/पिनाकल सर्भिस सेन्टरको तर्फबाट ईश्वर कुमार श्रेष्ठ तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको)को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स