साधना लघुवित्तको लाभांश पारित, नयाँ सञ्चालक समिति

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०७७/०७८को नाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

वित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समुहबाट आगामी चार वर्षे कार्यकालका लागी कृष्ण बहादुर थापा, डा।नरहरी ढकाल, रमेश सापकोटा र अर्जुनकुमार सीलाई सञ्चालकको रुपमा निर्बिरोध निर्वाचित गरेको छ । साधारण सभा पश्चात बसेको सञ्चालक समितीको बैठकले कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समिती पूर्नगठन गरेको छ।

साथै, साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को बाह्य लेखा परिक्षण कार्यका लागि लेखापरिक्षक एसडीएण्ड एसोसिएट्स,चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने । भबिष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तीरसहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने ।

सहमति पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैकमा निवेदन दिने । सम्पती तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता, मूल्याकङ्गनकर्ता, लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्ने । अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगाएतका कार्य संग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागी सञ्चालक समितीलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण वित्तीय कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ठ प्रतिफल दिन, कार्यक्रमको गुणस्तर बृद्धिका लागी पर्ने बताए ।

वित्तीय संस्थाको ९३ वटा शाखा कार्यालयहरुमार्फत ८०,००० भन्दा धेरै घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स