काठमाडौं । माछापुच्छ्रे बैंकले १० लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । सोमबार बैंकले संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकका विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाका लागि जारी गरिएको यो सेयरमा सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।