काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ कायम आज २ सय रूपैयाँले बढेर १ लाख २६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १५ सय १५ रूपैयाँ कायम भएको छ ।
आइतबार होली पर्वको कारणले सुनचाँदीको कारोबार बन्द रहेको थियो ।