काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ कायम आज १ हजार ३ सय रूपैयाँले बढेर १ लाख २६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ सय ५५ रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले घटेर १५ सय रूपैयाँ कायम भएको छ ।